असोज २५, विराटनगर –
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएको खेलमा कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरले जित निकालेका छन् । कोलकाताले किङ्ग्स इलाभेन पञ्जावलाई २ रनले तथा बैङगलोरले चेन्नाई सुपर किङग्सलाई ३७ रनले पराजित गरेको हो ।
शनिवार दिउँसो आबुधाबीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । उसका लागि कप्तान दिनेस कार्तिकले ५८ तर्हा सुभम गिलले ५७ रन बनाएभने इएन मोर्गनले २४ रन जोडे । पञ्जावका लागि मोहम्मद शामी, अर्सदिप सिंह र रवि बिस्नोइले समान १/१ विकेट लिए ।
१६५ रनको लक्ष पछ्याएको पञ्जाबलाई अन्तिममा जितका लागि १७ बलमा २१ रन चाहिएको थियो । हातमा ९ विकेट थियो । इंण्डियन पि्रमियर लिगमा सहज जितको कल्पना गरिहेको पञ्जाब एकाएक संकटमा मात्र परेन, कोलकत्ता किङ्स राइडरसँग २ रनले पराजित हुन पुगेको छ ।
१८औं ओभरका दोस्रो बलमा निकोलस पुरन आउट भए । सुनिल नराइनले नयाँ ब्याट्सम्यानलाई जम्मा एक रन दिए । १९ औं ओभरमा ६ रन जोड्दा २ विकेट गुमाएको पञ्जाबका लागि अन्तिम ओभरमा १४ रन जोड्नुपर्ने भयो ।
कोलकत्ताले नराइनलाई बल थमायो । पहिलो बलमा २ रन दिएका म्याक्सवेलले दोस्रो बल डट खेले । तेस्रोमा चौका हाने । चौथो बलमा लेग बाइबाट एक रन पाएका पञ्जाबका मनदीप सिंह पाँचौं बलमा आउट हुनु पुगे । अन्तिम बलमा म्याक्सवेलले छक्का हान्न सकेको भए अझै पञ्जाबको जित सम्भव थियो । तर चौका मात्र हाने र कोलकत्ताले ५ विकेटको क्षतिमा १६२ रन मात्र बनाउन सक्यो ।
यस्तै, शनिबार राऐ दुबईमा भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथाे जित निकालेको हो । बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए । चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १/१ विकेट लिए ।
जितसँगै बेङ्ग्लोर तालिकाको चौथाे स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठाैँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ । यस्तै, जितपछी कोलकाता ६ खेलबाट ४ जित निकाल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ६ खेलमा १ मात्र जित निकालेको पञ्जाव भने तालिकाको पुछारमा छ ।