असोज २५, काठमाडौ –
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार सात सय ५५ पुगेकाे छ ।
त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय ५२ जना निकाे भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७५ हजार ८०४ पुगेको छ ।
हाल नेपालमा ३१ हजार तीन सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ४ हजार ६१३ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा १२ हजार चार सय २७ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।