• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राजस्थान र मुम्बईले जित निकाल्दा, हैदराबाद र दिल्ली पराजित

by पहिलो नेपाल
२६ आश्विन २०७७, सोमबार ०७:२१
राजस्थान र मुम्बईले जित निकाल्दा, हैदराबाद र दिल्ली पराजित

असोज २६, विराटनगर –
मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा जित हात पारेका छन् । मुम्बईले दिल्ली क्यापिटल्स र राजस्थानले सनराइजर्स हैदराबादलाई समान ५ विकेटले पराजित गरे ।

७ खेलमा पाँचौं जित हात पारेपछि मुम्बई दिल्लीलाई उछिन्दै शीर्षस्थानमा उक्लेको छ । दिल्लीको पनि ७ खेलमा १० अंक नै छ तर, टोली रनरेटमा मुम्बईभन्दा पछाडि परेको छ । दिल्लीको यसअघिको एकमात्र हार पनि अबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदराबादसँगै थियो । हैदराबाद र राजस्थान समान ६ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।

ओपनर शिखर धवनको अविजित ६९ र कप्तान श्रेयस ऐरको ४२ रनमा दिल्लीले टस जितेर ब्याटिङ गर्दै १६३–४ को स्कोर बनायो । धवनले ५२ बल खेल्दै ६ चौका र १ छक्का तथा ऐरले ३३ बल खेली ५ चौका प्रहार गरे ।

मुम्बईका कुनाल पाण्डेले २ विकेट लिए । जवाफमा क्विन्टन डी कक र सूर्यकुमार यादवको समान ५३ रन बनाएपछि मुम्बईले दुई बलअगाडि नै १ सय ६६ रन बनायो । इशान किशनले २८ रन जोडे । कागिसो राबाडाले दिल्लीबाट २ विकेट लिए ।

यस्तै, दुबईमा आइतबार दिउँसो भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले ।

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे ।

यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए । केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

हैदराबाद ७ खेलमा ६ अंक नै जोडेको  हैदराबाद रनरेटका आधारमा राजस्थानभन्दा माथि अर्थात पाँचौँ स्थानमा छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२६ आश्विन २०७७, सोमबार ०७:२१
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

२६ आश्विन २०७७, सोमबार ०७:२१

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ आश्विन २०७७, सोमबार ०७:२१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ आश्विन २०७७, सोमबार ०७:२१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ आश्विन २०७७, सोमबार ०७:२१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ आश्विन २०७७, सोमबार ०७:२१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ आश्विन २०७७, सोमबार ०७:२१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.