असोज २८, काठमाडौ – बुधबार साँझ मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवाल सदस्य एवं महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् भने सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा तानिएका भएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओली आफैलें राखेका छन् । अन्य मन्त्री तथा राज्यमन्त्रीहरु भने यथावत नै रहेका छन् ।
नवनियुक्त मन्त्रीहरु सपथ ग्रहण बिहिवार हुने राष्ट्रपति कार्यलयले जनाएको छ ।