कात्तिक २०, विराटनगर
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपुर्णं खेलका लागी बंगलादेश प्रस्थान गरेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानिमा रहेको टोली बिहीवार बंगलादेश प्रस्थान गरेको हो ।
एक साता बंगलादेश बसाईको क्रममा नेपालले घरेलु टोलीसँग दुई मैत्रीपुर्ण खेल खेल्नेछ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिए पछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन ।
दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन । मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रम पछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी पछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए ।
यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । साथै बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । अखिल नेपाल फुटबल संघ एन्फाले प्रस्थान गर्नु अघि टोलीको कोरोना पिसिआर परिक्षण गरेको थियो । उक्त परिक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता विताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ ।