मंसिर १५, काठमाडौ –
सप्त नेपाल युवा क्लब काठमाडौले ‘हाम्रो अभियान’ लाई सम्मान गरेको छ । विराटनगरका युवाहरूले विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको ‘हाम्रो अभियान’ नाम दिईएको अभियानलाई संस्थाले सम्म्गरेको हो । संस्थाले सोमबार काठमाडौमा अभियानको नेतृत्व गरिरहेका समाजसेवी ओसिम आलमलाई आज सम्मान गरेको हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको संकटमा नेपालका विभिन्न ठाउँमा पुगेर गरेको समाजसेवाको उच्च मूल्यांकन गर्दै सप्त नेपालले उक्त्क अभियानको टिमलाई सम्मान गरेको हो । लकडाउन अवधिभर विभिन्न ठाउँमा निःशुल्क खाना वितरण गर्दै आएको टिमले गरिब, विपन्न तथा असहायहरुको लागि जाडोमा न्यानो लुगा समेत वितरण गर्दै आएको छ।
अर्याल होटल नयाँ बानेश्वरमा भएको कार्यक्रममा अभियानको नेतृत्व गरेका आलमले आफ्नो अभियानलाई गरिएको सम्मानले आगामी दिनमा समाजिक कार्यमा लाग्न थप जिम्मेवारीबोध गरेको बताए । उनले आफुलाई समेत हौसला मिलेको समेत बताएका छन् । सम्मानित अभियानका अभियन्ता आलमले यस्ता सामाजिक कार्यहरुको मूल्यांकन गरेर समाजसेवीहरूलाई सम्मान र हौसला दिने आयोजक संस्था सप्त नेपाल युवा क्लबलाई पनि उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
संस्थाका अध्यक्ष मानबहादुर घोलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चर्चित गायक सुमित खड्काको प्रमुख अतिथि रहेका थिए ।