पुष ३, काठमाडौ –
गृहमन्त्राल केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु( सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ।
शुक्रवार गृहमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले सिडओको सरुवा गरेको हो। ललितपुर, गुल्मी, तेह्रथुम, उदयपुर, रामेछाप लगायत जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ।
सहसचिवहरु ढुण्डीप्रसाद निरौला ललितपुरमा, केशवप्रसाद विमली महोत्तरीमा र बासुदेव दाहाल धनकुटामा सरुवा भएका छन्।
यसैगरी उपसचिव अर्जुनकुमार शर्मा रामेछापमा, कृष्णप्रसाद भण्डारी भोजपुरमा, डोल्पामा माधवप्रसाद ढकाल, खोटाङमा मित्रलाल शर्मा, मुगुमा चन्द्रबहादुर सिवाकोटी, पाँचथरमा पुण्यप्रसाद ढकाल र तेह्रथुममा जयराज भण्डारीको सरुवा भएको छ। यसैगरि भोजपुरमा बसन्तराज पुरीलाई पठाइएको छ।