पुष १४, विराटनगर –
नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) ले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दैछ । विहान ११ बजेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ । संघिय राजधानी काठमाडौंको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने नेकपाले दाबी गरेको छ ।
प्रघानमन्त्रि केपि शर्मा ओलिले प्रतिनिधि सभा विघटन गरेपछि अहिले देशभर प्रदर्शन भैरहेको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्र्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।
विशेषगरी नेकपाको माधव–प्रचण्ड समुहले सरकारको कडा विरोध गर्दै आएको छ । काठमाण्डौमा आज बिहान ११ बजेदेखि विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छ ।
यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्र्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।