पुष २१, काठमाडौ –
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतमा पुनः देशव्यापी लकडाउनको घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले देशभर लकडाउन घोषणा गरेका हुन् ।
लकडाउन घोषणासँगै मानिसहरुलाई घरमै रहन अपिल गरिएको छ । प्रधानमन्त्री जोन्सनले देशवासीलाई सम्बोधन गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन अपिल गरेका छन् ।
बेलायतले कोरोना भाइरसविरुद्धको खोप अक्सफोर्ड-एस्ट्राजेनेका लगाउन आरम्भ गरिसकेको छ । देशभर स्थापना गरिएका खोप केन्द्रहरुबाट पाँच लाख भन्दा बढी खोप दिइने बेलायत सरकारले जनाएको छ ।