माघ ३, विराटनगर –
ठिकै छ म ओली जिन्दावाद भन्न तयार छु। हिजो पनि ओली जिन्दावाद भनेकै हो। उहाँलाई किड्नी चाहिए किड्नी, मुटु चाहिए मुटु दिन तयार छु। तर, यति बुझाईदिनुस, संसद विघटन संविधान २०७२ को कुन धारा अनुसार भयो ? संसद विघटन गर्ने प्रधानमन्त्रीले राजिनामा दिनु पर्दैन ? मेरो फेसबुकमा लेखिएको स्टाटसले कतिलाई चित्त दुख्या होला, तर मेरा जस्तै बा आमा कम्युनिष्ट पार्टीका लागि जीवन बलिदान दिन तयार हुने अभिभावकहरूलाई के भहिरहेको होला ? जनताको बहुदलिय जनवादलाई अङ्गाल्ने उहाँहरूलाई, जंगबहादुरको जबरजस्ती बुझ्ने अहिलेका ओली समर्थकलाई अभिभावकले के भनेर सम्झाउने ? प्रम भन्नु हुन्छ “मलाई काम गर्न दिएनन् ?” तर कस्ले ? मुख्यमन्त्री उहाकै खेमाका चारजना, मन्त्रीपरिषदमा उहाकै दुई तिहाई खेमा, राष्ट्रपति पनि उहा कै खेमा ? अब भन्नु परो उहालाई काम कस्ले गर्न दिएन ? काम गर्न नदिएको भए तीन बर्षसम्म किन विघटन नगरेको ? किन राखेको तीन वर्षसम्म ? काम गर्न नदिएको पहिला किन भनिएन ? प्रणाली ध्वस्त पारेर अनि सहानुभूति बटुल्नको लागि काम गर्न दिएनन् भन्नु के जायज छ ? नेपाल कानूनी राज्य हो कि ओली राज्य हो ?
पार्टी बैठकमा जान हिजो उहाँलाई स्वास्थ्य स्थितिले दिदैन तर आज हरेक दिन गुट भेलामा जान उहाँको स्वास्थ्य स्थितिले दिन्छ ? म अच्चम पर्छु र झन् विरोध गर्न मन लाग्छ। उहाले हतारमा दुई पार्टि एक गर्नु भयो , त्यसमा पनि केही गुनासो थिएन तर आज कम्युनिष्ट आन्दोलनलाई सकेर, अरूलाई हसाउनु भयो। सच्चा कम्युनिष्ट विचारधारा बोकेका कम्युनिष्टलाई रूवाउनु भयो बधाई छ उहाँलाई र उहाँको हो मा हो मिलाउने समर्थकलाई ? उहाँ र चिनिया राजदुतको प्रेम छ,नेपाललाई हमला गर्दिन्छु भन्ने पत्रकारलाई बोलाउदा के त्यतिखेर विरोध गर्ने हाम्रो आत्मसम्मान के भयो होला ?
कतिपय बैद्धिक विचारधाराका मान्छे पनि केपी ओलिको असंवैधानिक कदम भएता पनि ठिक गरे भन्छन्,मलाई उहाँहरूलाई एउटा प्रश्न सोध्न मन लाग्यो, ‘असंवैधानिक भन्ने बितिकै कसरी ठिक हुन्छ ‘ कतिपयले भन्नुहुन्छ पुरानो एमाले एक हौँ, तर उहाहरू यो बिर्सिनु हुन्छ,पुरानो एमालेमा अन्तरदन्द्व हुन्थ्यो, अन्तरसंघर्ष हुन्थ्यो तर कम्युनिष्ट आन्दोलन सक्ने कदम हुदैन्थ्यो। र यो पनि बिर्सिदै हुनुहुन्छ,नेकपा एमालेको अहिले अध्यक्ष विराटनगर ६ कि सन्ध्या तिवारी हुन् ।
होला मेरो फेसबुकको स्टाटसले कतिपयलाई नराम्रो लाग्या होला, तर अहिले गलतलाई गलत भन्न सकिएन भने यो जिन्दगी त व्यर्थै जान्दैन र ? भोलीको पिढीले केपी ओलीले गरेको कदम गलत भन्दा,तपाई हामी कुन मुख देखाउने ? एकादेशमा नेपालमा कम्युनिष्टहरू थिए भन्ने बनाउने कि कम्युनिष्टहरू अझै छन् भन्ने बनाउने ? यस्तै होभने फिलिपिन्समा मार्कोसको अन्त्य भए झैँ सदाका लागि ओली प्रवृत्ति अन्त्य हुने निश्चित छ। ओलीतन्त्र र युग र समय सुहाउँदो नभई सामन्ति प्रवृत्ति को सुधारिएको रूप हो। यसले जनतामा भ्रम छरेर सहानुभूति पाउने कोसिस गर्दैछ, खबरदार लोकतंत्रका पहरेदार हामी नेपाली जनता जागै छौँ।