माघ ६, विराटनगर –
कोरोना भाइरसबाट हालसम्म विश्वमा २० लाख ४८ हजार भन्दा बढिको मृत्यु भैसकेको छ। मंगलबार बिहानसम्म वल्डोमिटर्सले देखाएको तथ्यांकअनुसार विश्वभर २० लाख ४८ हजार ५६५ जनाको ज्यान गएको छ ।
यस्तै हालसम्म कोरोना भाइरस पुष्टि हुनेको संख्या भने ९ करोड ५९ लाख ९० हजार पुगेको छ भने ६ करोड ८६ लाख ८ हजार १ सय कोरोना भाइरस मुक्त भएका छन् ।
नेपालमा भने हालसम्म २ लाख ६७ हजार ६ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ लाख ६१ हजार ८ सय १८ जना कोरोनामुक्त भएका छन् । यस्तै १ हजार ९ सय ६५ जनाको ज्यान गएको छ ।