माघ १३, विराटनगर –
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले विराटनगरमा सिठ्ठी जुलुस निकालेको छ। आज अपराह्न विराटनगरको जनआन्दोेलन चोकदेखि निकालिएको सिठ्ठी जुलुुस जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको बाक्लो सहभागितामा रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका युवा नेता ओसिम आलमले सत्ताका नाममा गलत निर्णय गर्नेले महाअभियोगका लागि तयार हुनुपर्ने बताए । उनले सत्ताको नाममा मुलुकलाई प्रतिगमन तर्फ डोर्याउने प्रधानमन्त्री ओलीको आदेशको पालना भयो भने भोलिका दिनमा सबैको हिसाब हुने चेतावनी समेत दिए ।
संसद विघटन विरुद्ध पछिल्लो समय देशव्यापी रुपमा भईरहेको संघर्षलाई निरन्तरता दिँदै नेकपा प्रदेश कमिटीले आगामी माघ १६ गते विराटनगरमा पनि विशाल जनप्रर्दशनको आयोजना गरेको छ। नेकपाका अध्यक्ष द्वय माधव नेपाल र प्रचण्डले सम्बोधन गर्ने उक्त प्रदर्शनमा ५० हजार कार्यकर्ता ओराल्ने तयारी रहेको युवा नेता पारुल क्षेत्रीले बताए ।