माघ १७, विराटनगर –
हाम्रो अभियानको टिमद्वारा विराटनगर -८ मा न्यानो कपडा वितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह ‘हाम्रो अभियान’द्वारा विराटनगर -८ स्थित अशोक चौकमा ३ सय जनालाई न्यानो कपडा वितरण गरेको हो ।
पछिल्लो केही दिनयता एक्कासि चिसो बढेपछि विपन्न र गरिब परिवारलाई ज्याकेट , टोपि, सुइटर, ट्राउजर , जुत्ता तथा ब्लाङ्केट लगायतका न्यानो कपडा वितरण गरेको अभियन्ता कृश्चल आलेमगरले जानकारी दिए । विभिन्न समयमा विभिन्न अभियान सञ्चालन गर्दै आएको यो टिमले हाल न्यानो कपडा वितरण अभियान सञ्चालन गरिरहेको छ ।
Iअभियानका लागि विभिन्न व्यक्ति तथा व्यवसायीहरुले कपडा तथा जुत्ता लगायतका सामाग्री सहयोग गर्ने गरेको अभियन्ता आलेमगरले बताए ।