माघ २३, विराटनगर –
शिर्जनात्मक तरिकाले समाज परिवर्तनमा लाग्दै गरेको संस्था परिवर्तनका हातहरुले आज बिराटनगर महानगरपालिका वडा नं. ४ स्थित एक विद्यालयमा ” लागु पदार्थ दुर्ब्यसनी नियन्त्रणमा विद्यार्थीको भुमिका ” शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
श्री आधारभुत विद्यालयमा गरिएको उक्त वक्तृत्वकला प्रतियोगितामा सोही विद्यालयका १४ जना विद्यार्थीहरुले भाग लिएका थिए । वडा नम्बर ४ का वडाद्यक्ष देबेन्द्रराज पोखरेल, विद्यालयका प्रद्यानध्यपक बद्री प्रसाद पराजुली र संस्थाका अध्यक्ष केशब भण्डारी लगायतको उपस्थितमा सम्पन्न भएको उक्त प्रतियोगितामा उषा पुरी , सबनम राजवंशी ,अर्चना राजवंशी र शृजना गिरिले क्रमशः प्रथम , दित्तिय , तृतिय र शान्त्वना स्थान ओगट्न सफल भए। बिजयी प्रतियोगिहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र , कपि र कलम बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी देबेन्द्र राज पोखरेलले संस्था स्थापना भएको र शिर्जनात्मक कार्यहरु गर्नमा जुर्मुराएका युवाहरूको जोस देख्दा खुसि लागेको बताए। यस्तै संस्थाका अध्यक्ष भण्डारीले एचओसी स्थापना भए पश्चात लगातार समाज सेवा र शिर्जनात्मक मनोवृत्ति बिकासमा लागिरहेको र लागिरहने उद्घोष गरे।