फागुन १, विराटनगर –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) विराटनगर महानगर कमिटीद्वारा २६ औँ जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । विराटनगरको रोडशेषमा आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियू र नेकपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
अनेरास्ववियू विराटनगर महानगर कमिटी संयोजक राज यादवको संयोजकत्वमा भएको कार्यक्रममा महानगर इन्चार्ज शिवराम शहनीले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका नेताहरु महेश रेग्मी,ओसिम आलम, गणेश उप्रेती ‘सुशील’, भोगेन्द्र यादव, देवा यादव, पारुल क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु भएको दिनलाई सम्झदै हरेक फागुन १ गते यो दिवस मनाउँदै आएका छन् ।