फागुन २९, विराटनगर –
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आज पेरिसडाँडामा बस्दैछ। शुक्रबार नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठकमा हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा छलफल हुने भएको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने स्रोतले जनाएको छ । साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्ने तयारी थालेको छ ।