• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

by पहिलो नेपाल
२ चैत्र २०७७, सोमबार १९:५५
  • 60
    Shares

चैत्र २, काठमाडौ –
नेकपा एमालेका बरिस्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री केपि शर्मा ओलिले ३ गते बालुवाटारमा गर्ने चियापान कार्यक्रम बहिस्कार गर्ने भएका छन्।  साथै माधव-झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला पनि नरोक्ने भएको छ ।

धुम्बाराहीमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँगको छलफलपछि नेकपा एमालेको माधवसमूहले बानेश्वरस्थित अर्याल होटलमा गरेको केन्द्रीय सदस्य र सांसदहरुको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो।

यसैबीच मंगलबार अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रमका आयोजना गरेपनि माधव समूहका नेताहरु उक्त चियापानमा नजाने भएका छन् । ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफलको विषयबारे जानकारी गराएका थिए। ओलीसँगको छलफल निस्कर्षमा नपुगेकाले कुनैपनि कार्यक्रम नरोकिने निर्णय नेपालले बैठकमा सुनाएका थिए।

नेपाल पक्षले ओलीसँग फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिए। फागुन २८ को निर्णय फिर्ता भएपछि मात्र थप वार्ता हुने नेपाल समूहले जनाएको छ।

एमालेको पार्टी कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी थिए।

Facebook Comments

  • 60
    Shares

Related Posts

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

२ चैत्र २०७७, सोमबार १९:५५
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

२ चैत्र २०७७, सोमबार १९:५५

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै , एमाले गएका नेताहरुलाई कारबाही गर्ने तयारी

अनेरास्ववियू र पुर्वाञ्चल विश्वविद्यालय बिच ८ बुँदे सहमति, स्ववियु पनि स्थापना हुने

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूको माग

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा विद्यार्थीहरुको तालाबन्दी

काङ्ग्रेस पदाधिकारी बैठक बस्दै, पछिल्लो राजनैतिक घटनाक्रमबारे छलफल हुने

अनेरास्ववियू महेन्द्र मोरङ कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध प्रदर्शन

सोसियल मिडिया

भर्करै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै

२ चैत्र २०७७, सोमबार १९:५५

माधव समुहद्वारा बालुवाटारको चियापान बहिस्कार , ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

२ चैत्र २०७७, सोमबार १९:५५
केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

केपि ओलि र माधव नेपालबीच भेटवार्ता हुँदै

२ चैत्र २०७७, सोमबार १९:५५
माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

माधव नेपाल निकट अनेरास्ववियुको भेला, ओली प्रवृत्तिको डटेर सामना गरिने

२ चैत्र २०७७, सोमबार १९:५५
माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

माओवादी केन्द्रले सरकारमा गएका आफ्ना मन्त्रीलाई फिर्ता बोलायो

२ चैत्र २०७७, सोमबार १९:५५
Facebook Twitter Youtube
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.