वैशाख १३, विराटनगर –
भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन त्यहाँ २ लाख ४९ हजार जनामा कोरोना पुष्टि भएको थियो। योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७३ लाख ६ हजार पुगेको छ।
यस्तै‚ मृत्यु हुनेको दर पनि दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा २ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या १ लाख ९५ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा विश्वभर ७ लाखभन्दा बढी संक्रमित थपिँदा साढे ९ हजारभन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन्।