संसद विघटन सम्बन्धि सर्वोच्चमा परेका रिटहरुमाथि संवैधानिक इजलासमा बहस सकिएको छ। आज निवेदकहरुले जवाफी बहस सकाएपछि बहस सकिएको हो ।
आइतबार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ र आज हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।
निवेदकको बहस सकिएसँगै संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतको सहयोगी) को राय बहस सुरु भएको छ।
सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसी छन्। नेपाल बारबाट भने राघवलाल वैद्य र उषामल्ल पाठकले बहस राय दिनेछन्। चारै जनालाई ३०/३० मिनेट गरि २ घण्टा बहस गर्न समय छुट्याइएको छ।