काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानको लागि अहिले बसिरहेको छ। बैठक केहिबेरअघि सिंहदरबारमा शुरु भएको हो।
सोमवार पनि सिंहदरबारमा बसेको बैठकले विवाद समाधानका लागि छलफललाईनिरन्तरता दिने निष्कर्ष भएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५/५ जना गरि १० जनाको कार्यदलको आजको बैठकले संयुक्त मस्यौदा टुंगो लगाउनेबारे छलफल हुने एक नेताले जानकारी दिए ।
त्यस्तै निरन्तरको छलफलपछि ओली र नेपाल दुवै पक्षबाट संयुक्त वक्तव्य आउने संभावना पनि रहेको बताइएको छ । कार्यदलमा माधव नेपाल समूहबाट भिम रावलको नेतृत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघजुी पन्त छन् । ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङको संयोजक र विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।