काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज साँझ बस्ने भएको छ। आज ११ बजेका लाग बस्ने तय भएको बैठक केहिबेर बसेर साँझ ७ बजेका लागि पुनः बोलाईएको हो ।
पार्टी भित्रका विवादहरुलाई समाधान गर्न दुबै पक्ष आन्तरिक छलफलमा जुट्ने र बेलुका ७ बजे पुनः बसेर अन्तिम रुप दिनेगरी तयारी भएको हो । यसअघि बिहीबार बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच पनि वार्ता भएको थियो।
उक्त वार्तापछि रावल वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर गएका थिए। रावल कोटेश्वरबाट फर्केपछि मात्रै सिंहदरबारमा कार्यदलको बैठक सुरु भएको थियो।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, र रघुजी पन्त तथा ओली पक्ष बाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा,उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल र विष्णु रिमाललगायत ११ जना सहभागी थिए।
बुधबार साँझ एमाले विवादका सम्बन्धमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको थियो।