काठमाडौ – ओमान भ्रमणमा रहेको नेपाल क्रीकेट टिमले आज पपुवा न्यु गिनिसँग ओडिआई खेल्दैछ। मंगलबार नेपाली समय अनुसार ११:१५ बाट अल अमिरात क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले टस हारेपछि बलिङको निम्तो पाएको छ ।
ओमान र अमेरिकासँग हुने आईसीसी विश्वकप लिग २ का खेलअगाडि नेपालले तयारीका क्रममा पीएनजीसँग खेल्न लागेको हो । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्यु गिनी (पीएनजी) सँग दुई वटा ओडिआई खेल्दैछ ।
नेपालि टिम : ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल भुर्तेल, सरद भेषावकर, रोहित पौडेल, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, पवन सराफ, सन्दीप लामिछाने र बिक्रम सोब