विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री भिम आचार्यको निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीले कमिटी निर्माण गरेको छ। नेकपा एमालेका सचीव समेत रहेका भिम आचार्यको गढ मानिने बराहक्षेत्र नगरपालिकामा एमालेबाट विभाजित भएर बनेका नेकपा (एस) ले कमिटी निर्माण गरेको हो ।
नेकपा (एस) प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यमा शनिबार भएको नगरस्तरिय भेलाबाट पार्टी तथा अनेरास्ववियू र युवासंघको कमिटी बनेको हो । भेलाबाट बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा चन्द्र मगर चयन भएका छन्। चन्द्र मगरको नेतृत्वमा १५१ सदस्यीय नगर कमिटी घोषणा भएको हो । त्यस्तै निरबहादुर बस्नेतको नेतृत्वमा ८७ सदस्यीय अनेरास्ववियु नगर कमिटी घोषणा भएको छ भने सोम राईको नेतृत्वमा ९१ सदस्यीय युवा संघ नगर कमिटी घोषणा भएको हो ।
कार्यक्रममा एकपा (एस)का केन्द्रिय सदस्य महेश रेग्मी, नेता केशब बिस्ट तथा अनेरास्ववियु सह अध्यक्ष ओसिम आलम लगायतको उपस्थिति रहेको थियो ।
लामो समय माधव नेपाल समुह रहेका नेता भिम आचार्य अन्तिममा केपि ओलिको पक्षमा लागेर एमालेमै बसेका थिए । हाल उनी अल्पमतको रुपमा मुख्यमन्त्रीको पदमा आसिन छन्।