• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

by Nirmal Bhandari
२३ आश्विन २०७८, शनिबार ०७:५९
प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

काठमाडौ – २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियु यसको विरुद्धमा उभियो । त्यही दिन तात्कालिन अनेरास्ववियुका अध्यक्ष राजेन्द्र राईले भने, ‘नागरिकको अधिकार एक दिन र एकछिनका लागि पनि खोस्न पाइँदैन ।’

दलहरुभन्दा एक कदम अघि अनेरास्ववियुले ‘राजतन्त्रको समाप्ती र गणतन्त्र स्थापना’को नारा र मुद्दा उठाए । दलहरु डराएको वा अलमल भएकै अवस्थामा विद्यार्थीहरुले नारायणहिटी नजिकैको रत्नपार्कबाट राजतन्त्र मुर्दावाद गणतन्त्र जीन्दवादका नारा सुरु गरे । त्यही आन्दोलनको ‘पोस्टर गर्ल’ थिइन्, रामकुमारी झाँक्री । नेविसघंको गगन थापाहरु अनेरास्ववियुका रामकुमारीहरु जनआन्दोलनको ‘आइकन’ भए ।

                                     यही पृष्ठभुमीमा सुरु भएको आन्दोलनको तागतबाट संघीय गणतन्त्रको स्थापना भयो । उतिबेला राजेन्द्र रामकुमारीहरुले जनतालाई भनेका थिए, ‘यो अन्तिम लडाई हो । सडकमा आउनुहोस् ।’ यही आन्दोलनले राजतन्त्र फालियो । जनआन्दोलनपछिका बर्षमा रामकुमारी अनेरास्ववियुको अध्यक्ष बनिन् ।

अनेरास्ववियुको अध्यक्ष बनेपछि उनी नेकपा (एमाले)को राजनीतिको मुलधारमा आइन् । कहिले पार्टी सत्ता, कहिले पार्टीभित्र विद्रोह । तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाल पार्टी सत्तामा भएको समय बाहेक उनी पार्टीभित्र पनि विद्रोही समूहमा नै थिइन् । जनआन्दोलनमा अन्तिम लडाई भनेर सडकमा आएकी रामकुमारीको लागि अन्तिम लडाई भएन । पार्टीभित्रको लडाई सधैं पेचिलो बन्यो । कहिले त निर्मम ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि यसलाई ‘प्रतिगमन’ भनेर सडकमा आइन् । नेतृत्व गरिन् । जनआन्दोलनमा तत्कालिन सत्ताको निशानामा परेकी रामकुमारी फेरि निशानामा परिन् । गत २९ माघ २०७७ मा पक्राउ परिन् ।

उनीहरुले नै जनआन्दोलनमा रगत बगाएर ल्याएको गणतन्त्रमा अभिव्यक्ति दिएर ‘राज्यबिरुद्ध कसुर’को आरोपमा गिरफ्तार भइन् । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । त्यस यता उनको पार्टीमा अनेकन आरोह आइलाग्यो । तर रामकुमारीले निरन्तर विद्रोहकै बाटो रोजिन् ।

निरन्तरको शक्ति संघर्षले पार्टी विभाजनको अवस्था आयो । पार्टी विभाजनमा पनि रामकुमारीले विद्रोह अर्थात् तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ पार्टी निर्माणमा लागिन् । एमालेबाट विद्रोह गरेर निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी)को सचिव बनिन् ।

राजनीतिक जीवनका निकै अप्ठ्यारोमा साथ दिएका धेरै प्रियजनहरु छोडेर उनीले समाजवादी रोजेकी थिइन् । त्यही विद्रोहको बाटो भएर शुक्रबार २२ असोज २०७८ मा मन्त्रीको जिम्मेवारी लिएर सिंहदरबार छिरेकी छिन् । सदाबाहार विद्रोही रामकुमारी शुक्रबार मुस्कुराउँदै सहरी बिकास मन्त्रालय छिरेकी छिन् ।

गुल्मीको सामान्य मगर परिवारमा जन्मिएकी रामकुमारीले अहिलेसम्म हिडेको बाटो हो, बिद्रोह । विद्यार्थी राजनीतिमा सक्रिय रहदा ०५४ सालमा एमाले फुट्यो । महाकाली सन्धिको विपक्ष अर्थात् राष्ट्रियताको मुद्दामा उनी मालेमा लागिन् । २०५८ सालमा वामदेवसँगै घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेहरुसँग उनी एमालेमा फर्किएकी थिइन् ।

एमालेमा फर्किएपछि केही समय उनीहरुलाई किनारामा राखियो । तर जब ज्ञानेन्द्रले मुलुकको शासन सत्ता आफ्नो हातमा लिए । विद्रोह सुरु भयो । विद्रोहमा पटक पटक पक्राउ परिन् । आन्दोलनकै क्रममा प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर चर्चित बन्यो । विद्रोहको प्रतिक बन्यो । जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को रुपमा उनी चर्चित बनिन् ।

राजा बिरुद्धको आन्दोलनले उनी लोकप्रिय बनिन् । त्यही जगमा उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनिन् । ०७१ सालमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन् । गत प्रतिनिधिसभा चुनावपछि समानुपातिक कोटाबाट ०७४ मा सांसद बनिन् । गत निर्वाचन लगत्तै माओवादी र एमालेवीच एकता भयो । पार्टी एकतापछि संस्थापन भए अध्यक्ष केपी शर्मा ओली र उनको समूह । उनी विद्रोही पक्षमा उभिन् । यसको नेतृत्व गरे, तात्कालिन वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले ।

२३ फागुन २०७७ सम्म दुईवटा नेकपा थियो, एउटा माधव–प्रचण्डको नेकपा, अर्को केपी ओलीको नेकपा । २३ फागुनमा सर्वोच्च अदातलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फकाई दिएको थियो ।

अदालतको फैसलापछि एमालेका वरिष्ठ नेता नेपाल समूह २४ फागुनमा एमाले क्रियाशिल बन्ने निर्णय गरेर फर्किएको थियो । तर, पार्टी अध्यक्ष ओलीले २८ फागुनमा आफू निकट नेताहरुको बैठक राखेर नेपाल समूहलाई ‘प्रवेश निषेध’ गर्ने गरी विभिन्न निर्णय गरे ।

त्यसपछि अनेकन आरोह पार्टीभित्र चल्यो । विवाद समाधान गर्न गठित कार्यदल बन्यो । कार्यदललले २७ असारमा १० बुँदे सहमति जुटायो । यही १० बूँदेलाई आधार बनाएर राजनीतिक जीवनका अनेक घुम्तीहरुमा सँगै रहेका उनी निकट घनश्याम, योगेश र ठाकुरहरु एमालेमै बस्ने निर्णयमा पुगे । तर उनले बिद्रोही रोजिन् । अविचलित रुपमा आफ्ना अडानहरु प्रस्तुत राखि रहिन् । रुदैं-रुदैं घनश्याम र योगेशहरुसँग छुट्टिएको समाचार पनि मिडियामा आयो । त्यही विद्रोहको बाटोले उनी मन्त्री बनेकी छिन् ।

नयाँपेज डटकमबाट

Facebook Comments

Related Posts

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

२३ आश्विन २०७८, शनिबार ०७:५९
कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

२३ आश्विन २०७८, शनिबार ०७:५९

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

राजेन्द्र राई बने नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

२३ आश्विन २०७८, शनिबार ०७:५९

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

२३ आश्विन २०७८, शनिबार ०७:५९
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२३ आश्विन २०७८, शनिबार ०७:५९
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२३ आश्विन २०७८, शनिबार ०७:५९

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

२३ आश्विन २०७८, शनिबार ०७:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.