• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

by पहिलो नेपाल
२१ चैत्र २०७८, सोमबार ०९:५७
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङ – स्थानीय तहको निर्वाचन नजिकिएसँगै पार्टीहरुले चुनावी अभियालाई तिब्रता दिन थालेका छन्। विभिन्न पार्टीबाट उम्मेद्बारको दाबी गर्नेहरुले घरदैलो अभियान समेत चलाउन सुरु गरिसकेका छन्। यस्तै मोरङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पनि निर्वाचन केन्द्रित अभियान चलाईरहेको छ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै विराटनगर माहानगरको मेयर पदमा दाबी गर्ने एकीकृत समाजवादीबाट केन्द्रिय नेता समेत रहेका छन्। राजनीतिक रुपमा मात्र नभएर स्रोत साधन परिचालनको दृष्टिले समेत निकै महत्व राख्ने भएकाले विराटनगर महानगरपालिकाको मेयर पदमा उपल्लो तहका नेताहरुको समेत नजर पर्न थालेको हो । नेकपा (एस) का पोलिटब्युरो सदस्य महेश रेग्मी पनि विराटनगर महानगरको मेयर पदमा उठ्न इच्छुक छन्। यसअघिको निर्वाचनमा पनि एमालेबाट दाबी गरेपनी विनोद ढकालले टिकट पाएका थिए। महेश रेग्मीले विराटनगरमा घरदैलो अभियान सुरु गरिसकेका छन्। यस्तै अर्का उमेदवारको आकांक्षीमा ओसिम आलम रहेका छन्। नेकपा (एस) मोरङ जिल्ला उप-सचीव तथा अनेरास्वविययू केन्द्रिय सह-अध्यक्ष रहेका आलम विराटनगरकै सबैभन्दा दरिला आकांक्षी हुन्। विराटनगरमा लामो समयदेखि सामाजिक काममा सकृय रहेका आलम युवा विद्यार्थीमाझ सर्वाधिक लोकप्रिय व्यक्ति हुन्। यसैगरी मेयर पदका अर्का दाबेदार हुन् पारुल क्षेत्री । उनी नेकपा (एस) विराटनगर महानगर अध्यक्ष हुन्। महानगर अध्यक्ष भएका कारण उनी पनि मेयर पदको आकांक्षी देखिएका छन्।

यसैगरी मोरङको पथरी नगरपालिकामा नेकपा (एस) बाट मेयरको आकांक्षी चण्डी राई रहेका छन्। उनी जिल्ला कमिटी उपाध्यक्ष हुन्। उनले पनि नगरपालिकामा चुनावी अभियान सुरु गरिसकेका छन्। त्यस्तै उर्लाबारी नगरपालिका प्रमुखमा नेकपा (एस) बाट मानबहादुर श्रेष्ठ आकांक्षी रहेका छन्। लामो समयबाट राजनीतिमा सकृय उनलाई जित्न सक्ने संभावित उमेदवारको रुपमा हेरिएको छ। श्रेष्ठ प्रदेश कमिटी सदस्य हुन्। यस्तै उर्लाबारी नगर अध्यक्ष डिबि थापा पनि आकांक्षीको रुपमा रहेका छन्। बेलबारीमा नेकपा (एस) बाट भुपाल बस्नेत मेयरको आकाँक्षी रहेका छन्, उनी नगर अध्यक्ष हुन्। यस्तै सुन्दरहरैचा नगरपालिकामा मेयरको दाबी गर्नेमा चर्चित अनुहार रहेको छ। नेकपा (एस) केन्द्रिय सदस्य तथा मोरङ जिल्ला सह-इन्चार्ज चन्द्र बहादुर गुरुङ मेयर पदका बलिया आकांक्षी हुन्। उनि संविधान सभा सदस्य समेत भैसकेका छन्। भूमिगत कालमा लामो समय जेलजीवन बिताएका गुरुङ पंचायत कालमा तत्कालिन इन्द्रपुर गाउँ पञ्चायतको जनपक्षीय उम्मदेवार भई प्रधानपन्चमा निर्वाचित भएका थिए ।

यसैगरी रतुवामाई नगरपालिकामा मेयरको आकांक्षीमा टंक ढकाल रहेका छन्। उनी रतुवामाई वडा १० मा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए। हाल उनी नेकपा (एस) का पालिका उपाध्यक्ष रहेका छन्। यस्तै मोरङकै सुनवर्सी गाउँपालिकामा कपिलेश्वर राजबंशी आकांक्षी देखिएका छन्। नेकपा (एस) प्रदेश कमिटी सदस्य रहेका राजबंशी सुनबर्सीमा लोकप्रिय नेता मानिन्छन्। बुढिगँगा गाउँपालिकामा जिल्ला सचीव राजन केसि र वडा नं. ४ का निर्वाचित वडाअध्यक्ष कासिम मिया गाउँपालिका प्रमुखमा आकांक्षी रहेका छन्। मियां एमालेबाट निर्वाचित भएपनी पार्टी विभाजन पछि समाजवादी तिर लगेका हुन्। यस्तै कानेपोखरी गाउँपालिका पालिका अध्यक्ष भुमी दुलाल आकांक्षी रहेका छन् भने रंगेली नगरपालिकामा नगर अध्य्क्ष प्रल्हाद खतिवडा मेयरको आकांक्षी रहेका छन्।

यद्यपि पालिकाहरुमा पार्टीका नेताहरु आकांक्षी देखिएपनी गठबन्धन हुने भएकाले कुन पालिका कस्ले पाउने भन्ने पछि निर्णय हुने मोरङ प्रवक्ता ओसिम आलमले जानकारी दिए । उनले मोरङका सबै स्थानीय तहमा घरदैलो अभियान सुरु भैसकेको र उमेदवारको विषयमा देखिएकै अनुहारबाट कोहि रहने बताए। उनले भने, ‘धेरैवटा पालिकामा हामी बलिया छौँ, बलिया भएका पालिकामा हाम्रै पार्टीबाट उमेदवार रहनेछन्।’

Facebook Comments

Related Posts

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

२१ चैत्र २०७८, सोमबार ०९:५७

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

२१ चैत्र २०७८, सोमबार ०९:५७

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

सामाजिक विकास मन्त्रीले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि गोलबजारको प्रतिभा फुटबल क्लब र साइनो स्पोर्ट्स कल्ब भिडन्तमा

विराटनगरमा याक्खाहरुको ‘डोकेनी नाच’

मुख्यमन्त्री राईको नेतृत्वमा ४ सदस्यीय टोली बजेट माग्दै सिंहदरबारमा

नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने

मिल्स गोल्डकप : साइनो स्पोर्टस फाईनलमा

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

२१ चैत्र २०७८, सोमबार ०९:५७

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

२१ चैत्र २०७८, सोमबार ०९:५७
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२१ चैत्र २०७८, सोमबार ०९:५७
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२१ चैत्र २०७८, सोमबार ०९:५७

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

२१ चैत्र २०७८, सोमबार ०९:५७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.