विराटनगर । धर्तिको माटो ढोगेर
जनताको सपना सोँचेर………
माथि उल्लेखित गीतको हरफ प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले लेखेका हुन् । आफूले भोगेका भोगाईलाई भन्दा पनि अरुकै जिन्दगीका भोगाईलाई शब्दमा उतार्ने र लय हालेर सृजना भर्न पोक्त रहेका मन्त्री राईले पछिल्लो समय आफ्नै पार्टीको लागि शब्दमा सृजना भरेका छन् ।
अन्जु पन्तको स्वरमा रहेको चर्चित गीत ‘जिन्दगी यो फुलैफलको थुंगो हुँदैन ।’ का रचनाकार समेत रहेका मन्त्री राई संगितको नाममा आफूलाई कुनै पनि किसिमका बाजाहरु बजाउन मात्रै नभएर राम्ररी समात्न समेत नआउने प्रतिक्रिया दिन्छन् ।
उनी सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै भन्छन्,‘ संगितको नाममा मलाई कुनै पनि किसिमका बाजाहरु बजाउन मात्र होईन, राम्ररी समात्न पनि आउदैन । तर, यो गीतमा मैले शब्द मात्रै कोरेको होईन, लय पनि निकाल्ने कोशिस गरेको छु, ।’