सुनसरी। धरान उपमहानगरपालिका-५ देउराली बस्ने रित बहादुर राईलाई करिब २ किलो अवैध लागूऔषध गाँजा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष ससूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments