सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते


सिराहा । सिरहाको लहानमा गोली चलेको छ। लाहान -२२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ।

प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा  १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी माथि गोली चलाए । घटनामा दिलिपको पेटमा गोली लागेको छ।

घटनामा संलग्न सुशान्त र सुरजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते दिलिपको उपचार धरानमा भईरहेको छ ।

घटनास्थलबाट प्रहरीले कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ। घटना बारे थप अनुसन्धान भईरहेको ईप्रका लाहानका डिएसपी कुमार मैनालीले जनाएको छ ।

Facebook Comments

Related Posts