बाढीका कारण विस्थापित भएका विराटनगर महानगरपालिकाका बाढी पिडितहरुलाई हाम्रो अभिानले दोस्रो दिन नि:शुल्क खाना खुवाएका छन् ।
सोमबार देखि अविरल वर्षाका कारण प्रदेश एकका मोरंग सहित बिभिन्न ठाउँ जलमग्न भएका छन् । मोरंगमै बर्षाका कारण आएको बाढीले दजनौं गाउँ तथा सहरहरु विस्थापित भएका छन् ।
ति विस्थापितहरुलाई सेवा र उद्धार गर्न बिराटनगरका युवा नेता तथा समाज सेवी वसीम आलमको तेतृत्वमा हाम्रो अभियान नामक युवाहरुको समुहले सक्रिय भएको हो ।
निरन्तर परेको पानीले विराटनगर विभिन्न स्थानमा डुबानमा परेका छन्। सिंघिया खोला लगायतका स्थानमा आएको बाढीले पानी वस्तीमा पसेको छ । घरहरु डुबानमा परेका छ्न्। घर डुबानमा परेपछि धेरै मानिस त्रिपालको टहरा बनाएर बस्न बध्य भएका छन् ।
हाम्रो अभियानका तेतृत्वकर्ता आलमको अनुसार बाढीबाट विस्थापितहरुलाई आज दोस्रो दिन खाना खुवाएका छौ । पानी गर्दा टहरामा बसी रहेकाहरुलाई खाना पकाउन सम्मभव नरहेकोले हामी खाना खुवाउन लागेको बताए । आज हामी २५० जना भन्दा बढीलाई खाना खुवाएको बताए ।
साथै पानीमा भिजदै हाम्रो अभियानको टिममा रहेर मैदानमै खटिरहेका सम्पुर्ण युवा, साथी तथा सहयोगीहरुलाई धन्यवाद समेत दिएका हुन् ।
हामी जति सक्छौँ, त्यति गर्छौँ। हाम्रो अभियान जारी छ । भन्ने मुल नाराका साथ कोरोना कालमा दैनिक रुपमा निशुल्क खाना खाुवाउदै आएका थिए ।