काठमाडौ। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज नेपाली बजारमा १ अमेरिकी डलर १ सय २८ रुपैयाँ २६ रुपैयाँमा बिक्री भइरहेको छ ।
डलरको खरिद दर भने एक सय १ सय २७ रुपैयाँ ६६ पैसा तोकिएको छ । चैत्र यता डलरको भाउ उकालो लाग्दै आएको छ ।
यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन एक अमेरिकी डलर प्राप्त गर्न १ सय २३ रुपैयाँ २८ पैसा कायम भएको थियो ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
भारत सरकारले भारतीय मुद्रामा अन्तर्राष्ट्रिय व्यापार गर्ने निर्णय गरे पनि डलरको मूल्यवृद्धि हुने बढेको छ ।
विश्व बजारमा बिस वर्षपछि डलर र यूरोको मूल्य पनि बराबरी अवस्थामा पुगेको छ । संसारका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि डलर सञ्चय गर्ने क्रम बढेको छ ।
डलर बढ्दा विदेशबाट रेमिट्यान्स पठाउने व्यक्तिले भने नेपाली मुद्रामा बढी रूपैयाँ प्राप्त गर्नेछन् ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्नेछ ।
महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप पर्ने अर्थविद् बताउँछन् ।