• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

न्यान्सी पेलोसी चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास

by पहिलो नेपाल
१८ श्रावण २०७९, बुधबार १६:०८
न्यान्सी पेलोसी चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास

In this photo released by the Taiwan Presidential Office, U.S. House Speaker Nancy Pelosi, center left, and Taiwanese President President Tsai Ing-wen arrive for a meeting in Taipei, Taiwan, Wednesday, Aug. 3, 2022. U.S. House Speaker Nancy Pelosi, meeting top officials in Taiwan despite warnings from China, said Wednesday that she and other congressional leaders in a visiting delegation are showing they will not abandon their commitment to the self-governing island. (Taiwan Presidential Office via AP)


चीनको चेतावनी र ह्वाइट हाउसको चिन्तालाई बेवास्ता गर्दै अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । तर यो कदम पेलोसीको चीन सरकारलाई चिड्याउने पहिलो कदम भने होइन पेलोसीको चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास छ । यसमा सबैभन्दा चर्चित घटना सन् १९९१ मा घटेको थियो । बेइजिङ भ्रमणमा रहेकी पेलोसीले तियानमेन चोक पुगेर दुई वर्षअघि चिनियाँ सरकारले गरेको दमनमा मारिएहरूको सम्मानमा ब्यानर देखाएकी थिइन् ।चिनियाँ सरकारले पेलोसीलाई खासै रुचाउँदैन । चीनले पेलोसीप्रतिको घृणा खुला रूपमै राख्ने गरेको छ । एक पटक चीनले ‘झुट र गलत सूचानाले भरिपूर्ण’ नेतृ भनेको थियो ।चीनले स्वशासित ताइवानलाई विद्रोही प्रान्तका रूपमा हेर्छ र यसलाई एक दिन एकीकरण गरिछाड्ने बताएको छ । उसले आवश्यक परे बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन ।

कैयौँ वर्षदेखि चीनले ताइवानको स्वतन्त्रतालाई मान्यता नदिन कूटनीतिक दबाब दिँदै आएको छ ।पछिल्लो भ्रमणको चर्चा सुरु भएदेखि नै चीनले पेलोसी ताइवान गए गम्भीर परिणाम हुने चेतावनी दिएको छ । यसैले पेलोसी ताइवान भ्रमणमा निस्किँदा ताइवानलाई उनी पुग्ने देशको सूचीमा रािखएको थिएन ।पेलोसीको पछिल्लो भ्रमणलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले समर्थन गरेका छैनन् । अमेरिका–चीन तनाव उच्च रहेको समयमा ह्वाइट हाउसका अधिकारीले उनको यात्रा रोक्न अन्तिमसम्म प्रयास गरेको थियो ।बाइडेनले हालै पत्रकार भेटघाटमा ‘अमेरिकी सेनाले भ्रमणलाई राम्रो नमानेको बताएको’ प्रतिक्रिया दिएको थियो ।

सन् १९९१ को तियानमेन स्क्वायर भ्रमण बेइजिङको तियानमेन स्क्वायरमा चीनमा प्रजातन्त्रको माग गरेका प्रदर्शनकारीविरुद्ध चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले सेना प्रयोग गरेको थियो । यसमा हजारौँको सङ्ख्यामा हताहती भएको थियो ।यस दमनको दुई वर्षपछि तत्कालीन समय क्यालिफोर्नियाकी सभासद रहेकी पेलोसी बेइजिङ गएकी थिइन् ।

पेलोसीलगायत अन्य दुई सभासदहरूसँग तिनलाई दिइएको सुरक्षाको आँखा छलेर चिनियाँ आयोजकहरूको अनुमतिबिना तियानमेन स्क्वायरमा गए ।त्यहाँ तिनीहरूले एउटा सानो हस्तलिखित ब्यानर फहराए जसमा लेखिएको थियो– चीनमा प्रजातन्त्रका निम्ति मर्नेहरूका लागि ।उपस्थित प्रहरीले घटना कभर गर्ने पत्रकारहरूलाई धक्कामुक्की गर्यो भने तीन अमेरिकी सभासदहरूलाई त्यहाँबाट जान भनेको थियो ।चीनको विदेश मन्त्रालयले पछि घटनालाई ‘पूर्वनियोजित प्रहसन’ भनेको थियो ।केहीले त्यो भ्रमणको समयमा पेलोसीलगायत कङ्ग्रेस सदस्यको कार्यको आलोचना गरेका थिए । तिनमा पूर्व सीएनएन बेइजिङ ब्युरो प्रमुख माइक चिनोय पनि एक थिए । उनले फरेन अफेयरमा एक लेख लेख्दै उनी पक्राउ पर्नुको कारण पेलोसी भएको लेखेकी थिइन् ।

यो पनि
ताइवान र चीन : आखिर के हो विवाद ?
​चिनोयले फरेन अफेयरका बारेमा लेखेको लेखमा आफूलाई पेलोसीले तियानमेन स्क्वायरमा के गर्दैछिन् भन्ने थाहा नपाई समाचार कभर गर्न जाँदा कैयौँ घण्टा पक्राउ परेको लेखेका छन् ।हिरासतमा रहेपछि आफूले विदेशी प्रतिष्ठित व्यक्तिहरूको समाचार सम्प्रेषण गर्न असमर्थ भएको लेखेका चिनोयले दुःख व्यक्त गरेका छन् ।

‘चिनियाँ कम्युनिस्ट सरकारको आँखामै ताकेर हान्ने हिसाबको उक्त विरोध मेरा लागि परिणामको प्रवाह नगरी हाई–प्रोफाइल हर्कत गर्ने पेलोसी शैलीको पहिलो साक्षात्कार थियो,’ चिनोयले भने ।तियानमेन स्क्वायरको दमन लगत्तै पेलोसीले सन् १९८९ मा अमेरिकी कङ्ग्रेसमा ‘चीनको कारबाहीको निन्दा गर्ने प्रस्ताव ल्याउन नेतृत्व’ गरेकी थिइन् । उनले पछि वर्षौंदेखि प्रदर्शनकारीहरूको ‘नरसंहार’का बारेमा बोलिरहेकी छिन् ।यो वर्ष पेलोसीले तियानमेन स्क्वायरको विरोध प्रदर्शनको ३३औँ वर्षगाँठमा एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई ‘राजनीतिक साहसको हालसम्मकै सबैभन्दा ठूलो कदम’ भन्दै कम्युनिस्ट पार्टीको ‘दमनकारी शासन’को आलोचना गरिन् ।

हु जिनताओलाई पत्र

सन् २००२ मा तत्कालीन चिनियाँ उप–राष्ट्रपति हु जिन्ताओसँगको भेटमा पेलोसीले चीन र तिब्बतका अभियन्तालाई थुनामा राखेको बारेमा चारवटा पत्र दिने प्रयास गरेकी थिइन् ।तर हुले पत्र लिन अस्वीकार गरिदिए । सात वर्षपछि पेलोसीले फेरि हुलाई राजनीतिक बन्दी लिउ सियाओबोको रिहाइको माग गदै अर्को पत्र हस्तान्तरण गरिन् । हु यस समय चीनका राष्ट्रपति भइसकेका थिए ।लिउलाई सन् २०१० मा नोबेल शान्ति पुरस्कार दिइयो तर चीनले पुरस्कार स्वीकार गर्न लिउलाई नर्वे जाने अनुमति दिएन । लिउको सन् २०१७ मा क्यान्सरका कारण हिरासतमै मृत्यु भएको थियो ।विश्व व्यापार सङ्गठनमा चीनको प्रवेशमा सर्त राख्नुपर्नेमा जोड दिएकी पेलोसीले वर्षाैंदेखि पेलोसीले चीनको व्यापारिक हैसियतलाई उसको मानव अधिकार रेकर्डसँग जोड्न आह्वान गर्दै आएकी छन् ।

ओलम्पिकको विरोध

पेलोसीले मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै सन् १९९३ मा ओलम्पिक खेलकुद आयोजना गर्ने चीनको प्रस्तावको विरोध गरिन् ।सन् २००८ मा चीनको ग्रीष्मकालीन ओलम्पिक उद्घाटन समारोह बहिष्कार गर्न तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई आग्रह गर्ने सांसदहरूमध्ये उनी एक थिइन् ।यही वर्ष सभामुखका रूपमा पेलोसीले फेरि चीनमा उयिगुर मुस्लिममाथिको बेइजिङको दुव्र्यवहारलाई देखाउँदै सन् २०२२ को शीतकालीन ओलम्पिक ‘कूटनीतिक बहिष्कार’को आह्वान गरिन् ।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१८ श्रावण २०७९, बुधबार १६:०८
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१८ श्रावण २०७९, बुधबार १६:०८

नायब सुब्बाहरु बिदामा बस्ने

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

आजको प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१८ श्रावण २०७९, बुधबार १६:०८
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१८ श्रावण २०७९, बुधबार १६:०८
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१८ श्रावण २०७९, बुधबार १६:०८
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१८ श्रावण २०७९, बुधबार १६:०८

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१८ श्रावण २०७९, बुधबार १६:०८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.