• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

छिल्लोपटक स्थानीय तह निर्वाचनपछि थपिए साढे ४ लाख नयाँ मतदाता

by पहिलो नेपाल
२० श्रावण २०७९, शुक्रबार ०८:११
छिल्लोपटक स्थानीय तह निर्वाचनपछि  थपिए साढे ४ लाख नयाँ मतदाता

काठमाडौं, साउन २०। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।

निर्वाचन आयोगले भने २ मंसिरमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको थियो । आयोगले प्रस्ताव गरेको २८औं दिन बिहीबार सरकारले मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

यसअघि, बुधबार बसेको सत्तारूढ गठबन्धन बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । आयोगले निर्वाचन घोषणा भएपछि पत्रकार सम्मेलन गर्दै पर्याप्त समय रहेको बताएको छ । आयोगले यसअघि निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको थियो ।

छिल्लोपटक स्थानीय तह निर्वाचनपछि १ असारबाट सुरु नामावली दर्ताक्रममा बिहीबार दिउँसोसम्म ४ लाख ४८ हजार ५ सय १६ नयाँ मतदाता थप भएका छन् । जसअनुसार बिहीबार दिउँसोसम्म प्रदेश १ मा ९० हजार २ सय ७५, मधेस प्रदेशमा ८३ हजार ३ सय ६, बाग्मती प्रदेशमा १ लाख ४ हजार ४ सय ७, गण्डकीमा ४५ हजार ३९, लुम्बिनीमा ७० हजार ६६, कर्णालीमा १८ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सय ३७ नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि आयोगमा कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम दर्ता छ । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता छन् । राजधानी दैनिकबाट

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० श्रावण २०७९, शुक्रबार ०८:११
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२० श्रावण २०७९, शुक्रबार ०८:११

सरकारले कर्मचारीको तलबमा किन विभेद

नायब सुब्बाहरु बिदामा बस्ने

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

नेपाली कांग्रेस नेताहरु गठबन्धनका तालमेलको पक्षमा

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर,

२४ घन्टामा देशभर थपिए ५५३ जनामा कोरोना संक्रमित

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० श्रावण २०७९, शुक्रबार ०८:११
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२० श्रावण २०७९, शुक्रबार ०८:११
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२० श्रावण २०७९, शुक्रबार ०८:११
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२० श्रावण २०७९, शुक्रबार ०८:११

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२० श्रावण २०७९, शुक्रबार ०८:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.