विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो जित निकालेको छ । आर्मीले सोमबार भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले दिएको १०५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
आर्मीको जितमा विनोद भण्डारीले अविजित रहदै ३४ रन बनाए । रोहित पौडेलले २५ रन जोडे । मधेश प्रदेशका लागि आदील आलम, रुपेश सिंह र हरिशंकर शाहले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन जोडेको थियो । मधेशका लागि सन्तोष कार्कीले २१ रन बनाए ।
हसिम अन्सारीले २० रन जोडेका थिए । आर्मीका सोमपाल कामी र सुसन भारीले दुई–दुई विकेट लिए । त्यस्तै हरि चौहानले एक विकेट लिए । यस जितसँगै समूह ‘ए’मा आर्मीले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मधेसले ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा छ ।