प्रदेश १ का विभिन्न जिल्लामा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेश १ का प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली काँग्रेसले ९ वटा स्थानमा अग्रता लिएको छ ।
निर्वाचन कार्यालयका अनुसार एमालेले ८, माओवादी केन्द्र र नेकपा एसले ४–४ वटामा अग्रता लिएका छन् । यसैगरी राप्रपाले १ स्थानमा अग्रता लिएको छ ।
पछिल्लो मतगणना परिणामअनुसार यस्तो अवस्था छ।

Facebook Comments