विराटनगर – विराटनगरको महेन्द्र मोरङ क्याम्पसको प्रथम बर्ष पढ्ने वि. ए. स डब्लु का बिधार्थीले न्यानो कपडा वितरण गरेका छन्।
विराटनगर १९ ऋषिदेव टोलमा रहेकस गरिब , दलित ,जेहन्दार र विपन्न बर्गकाहरुलाई जाडो मौसममा न्यानो कपडा वितरण गरेको हो ।
दुई सय तिस थान न्यानो कपडा वितरण गर्नका लागि विद्यार्थी र सकिल अहमदले सहयोग गरेका थिए । बिधार्थीहरुले समाज सेवामा सक्रिय रहदै आएका छन् ।
न्यानो कपडा पाएकोमा टोलका मानिसहरूले वितरण गर्ने लाई धन्यवाद दिदै खुसी भएका थिए ।
वितरण कार्यक्रममा सहभागीता विधार्थी मारिया फातिमा, सोनु शर्मा ,अभय मगर ,कपलेश यादब , सोनु रजक, बर्षा ठकुरी ,सुस्ता कोईराला छवि अग्रवाल रहेका थियो ।

