• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपथ्य सांगीतिक यात्राको पहिलो प्रस्तुती मंसिर १६ विराटनगरमा

by पहिलो नेपाल
१३ मंसिर २०७९, मंगलवार १३:४७
नेपथ्य सांगीतिक यात्राको पहिलो प्रस्तुती मंसिर १६  विराटनगरमा

विराटनगर । नेपथ्य सांगीतिक यात्राको पहिलो प्रस्तुती मंसिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुनेछ।

नेपथ्यले एक महिना लामो सांगीतिक यात्रा गर्न लागेको हो। नेपथ्यका गायक अमृत गुरुङका अनुसार उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरूको टोली तयार अवस्थामा छन्।

‘हाम्रा आ-आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ। अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ,’ गुरुङले भने।

यसै साता सांगीतिक यात्रामा निस्कन तयार ब्याण्डको पहिलो प्रस्तुती मंसिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुनेछ। त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ।

मंसिर १९ गते वीरगंजको आदर्शनगर रंगशालामा, मंसिर २२ गते हेटौंडाको भूटनदेवी स्कुल मैदानमा, २५ मंसिर गते नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ।

ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ। पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछन्।

यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ। काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ।

यसपाला नेपथ्यले देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन। अब मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरूमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग समेत जुटाउनेछ।

आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ।

मानव सेवा आश्रमका संस्थापक तथा अध्यक्ष रामजी अधिकारीका अनुसार यी कन्सर्टहरूको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट ‘एमएसए डट ओआरजी डट एनपी’ मार्फत काट्न सकिन्छ। त्यसैगरी नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि टिकट उपलब्ध गराइएको छ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ मंसिर २०७९, मंगलवार १३:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ मंसिर २०७९, मंगलवार १३:४७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१३ मंसिर २०७९, मंगलवार १३:४७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१३ मंसिर २०७९, मंगलवार १३:४७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१३ मंसिर २०७९, मंगलवार १३:४७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१३ मंसिर २०७९, मंगलवार १३:४७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१३ मंसिर २०७९, मंगलवार १३:४७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.