• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

डेथ विजेता बनेको जापान

by पहिलो नेपाल
१६ मंसिर २०७९, शुक्रबार १३:१०
डेथ विजेता बनेको जापान

DOHA, QATAR - DECEMBER 01: Ritsu Doan and Maya Yoshida of Japan celebrate their 2-1 victory and qualification for the knockout stage after the FIFA World Cup Qatar 2022 Group E match between Japan and Spain at Khalifa International Stadium on December 01, 2022 in Doha, Qatar. (Photo by Patrick Smith - FIFA/FIFA via Getty Images)


२० वर्षअघि एसियामै आयोजित विश्वकपको झल्को दिँदै जापान यसपटक नकआउट चरण पुगेको छ। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपमा २ एसियाली टोलीले शानदार प्रदर्शन गर्दै पहिलो चरणमा समूह विजेता बनेका थिए।

त्यतिबेला जापानले समुहमा दुई जित र एक बराबरी खेल्दै अपराजितसहित समूहको शीर्षस्थानमा रहेर अगाडि बढेको थियो। बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको जापानले त्यसपछि रुस र ट्युनिसियालाई हराएर समूहको शीर्षस्थानमा रहेको थियो। अर्को आयोजक दक्षिण कोरियाले पोल्यान्ड र पोर्चुगललाई हराएको थियो भने अमेरिकासँग बराबरी खेलेर समूह विजेता बनेको थियो।

विश्वकपमा एसियाली टोली समुह विजेता बनेको त्यो नै पहिलो र अन्तिम संस्करण थियो। तर कतारमा जारी विश्वकपमा जापानले अस्वभाविक नतिजा निकालिरहेको छ। दुई पूर्व विजेता रहेको समूहबाट विजेता बन्दै जापान नकआउट चरण पुगेको छ। ग्रुफ अफ डेथ मानिएको यो समुहमा जापानले पुर्व विजेता जर्मनी र स्पेन दुवैलाई पराजित ग¥यो। कोस्टारिकासँग भने पराजित भएको थियो।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको थियो।। त्यसयताका हरेक संस्करणमा सहभागी हुँदै आएको छ। विश्वकपमा आफ्ना सात सहभागितामा जापान चौथोपटक नकआउट चरण पुगेको हो। जापानी टोली विश्वकपमा प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढेको भने इतिहास छैन। गत संस्करणमा पनि दोस्रो चरणसम्म पुगेको थियो।

जारी प्रतियोगितामा जापानका ३९ वर्षीय गोलकिपर ऐजी कावासिमाले शानदार प्रदर्शन गरिरहेका छन्।। कप्तान माया योसिदा र डिफेन्डर युतो नागातोमा सबैभन्दा अनुभवी सदस्य हुन्। जापानका वर्तमान टोलीमा कम्तिमा एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने यी दुई जना मात्र हुन्। २५ वा सोभन्दा कम उमेरका ११ जना टोलीमा छन्। यस्तै ३० वा सोभन्दा बढी उमेरका ८ जना छन्। जापानको अहिलेको टोलीमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीका रुपमा १७ गोल गरेका ताकुमी मिनामिनो हुन्। उनीपछि दोस्रो स्थानमा १२ गोलसहित कप्तान योसिदा रहेका छन्।

जापानले अब क्वाटरफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। पूर्व खेलाडी हाजिमे मोरियासुको प्रशिक्षणमा जापान रहेका छन्। जापानका लागि ३५ अन्तर्राष्ट्रिय खेल पनि खेलेका मोरियासु सन् २०१८ यता राष्ट्रिय टोलीको प्रशिक्षक रहेका छन्।

उनले खेलाडीका रुपमा सन् १९९२ मा एसिया कपमा फाइनलसम्मको यात्रा तय गरेका थिए। प्रशिक्षकका रुपमा उनले तीनपटक जे लिगको उपाधि जितेका छन् भने तीन वर्षअघि जापानलाई एसिया कपको फाइनलसम्म पुर्‍याएका थिए। यस्तै चार वर्षअघि आयोजित एसियन गेम्समा जापानलाई फुटबलको रजत पदक जिताएका थिए।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ मंसिर २०७९, शुक्रबार १३:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ मंसिर २०७९, शुक्रबार १३:१०

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ मंसिर २०७९, शुक्रबार १३:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ मंसिर २०७९, शुक्रबार १३:१०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ मंसिर २०७९, शुक्रबार १३:१०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ मंसिर २०७९, शुक्रबार १३:१०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ मंसिर २०७९, शुक्रबार १३:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.