विराटनगर । नेपाली बजारमाआज सुनको मूल्य तोलामा ४०० सय रुपैयाँको दरले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५ सय, तेजावी सुनको मूल्य ९९ हजार र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छपावाल सुनको प्रतितोला मूल्य ९९ हजार एक सय, तेजावी सुनको मूल्य ९८ हजार ६ सय र चाँदीको मूल्य १३ सय ४५ रुपैयाँ थियो ।
Facebook Comments