• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चुनौती नै चुनौती पाकिस्तानका नयाँ सेना प्रमुखका अगाडि

by पहिलो नेपाल
२० मंसिर २०७९, मंगलवार १७:४३
चुनौती नै चुनौती पाकिस्तानका नयाँ सेना  प्रमुखका अगाडि

जनरल असिम मुनिरले गत हप्ता पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी लिए । ५७ वर्षीय पूर्वगुप्तचर प्रमुख मुनिरले अब सेना प्रमुखका रुपमा देशको आन्तरिक तथा विदेशी मामिलामा ठूलो प्रभाव पार्न सक्छन् । पाकिस्तानले चौतर्फी संकटहरूको सामना गरिरहेको बेला मुनिरले पदभार ग्रहण गरेका छन् । तत्काल चुनावको माग गरिरहेको एक शक्तिशाली विपक्षी,आर्थिक मन्दी र देशको एक तिहाइ भाग डुबाउने ऐतिहासिक विध्वसंकारी बाढी पाकिस्तानले सामना गरेका केही समस्या हुन् ।

मुनिरले देशको शक्तिशाली सेनाको नेतृत्व गर्दाको समयमा मुख्यत: तलका पाँच चुनौती सामना गर्नेछन् –

घरेलु राजनीति

पूर्वप्रधानमन्त्री इमरान खानलाई पदबाट हटाइए यता पाकिस्तानको राजनीतिमा अराजकता र अस्थिरता व्याप्त छ । विश्लेषकका अनुसार प्रधान सेनापतिका रुपमा मुनिरको सामना गर्नुपर्ने प्रमुख चुनौती यही देशभित्रको अराजक राजनीतिक हुनेछ ।

खानले यस वर्ष अप्रिलमा संसदमा विश्वासको मत गुमाएपछि सत्ता त्याग्नु परेको थियो । सत्ताबाट बाहिरिएपछि अमेरिकाले प्रतिपक्षी दल तथा सेनासँग मिलेर आफूलाई सत्ताच्युत गर्ने षडयन्त्र गरेको खानले आरोप लगाए । सेना र वाशिंगटन दुवैले खानका यी आरोप बारम्बार अस्वीकार गरिसकेका छन् ।

गत महिनादेखि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानले आफूलाई हटाउन अमेरिकाको हात रहेको आरोपबाट पछि हटेको बताए । उनले आफूले वाशिंगटनसँग राम्रो सम्बन्ध चाहेको जोड दिएका छन् ।

अमेरिकाप्रतिको धारणामा युटर्न लिएपछि पाकिस्तानको राजनीतिमा सेनाको हस्तक्षेपविरुद्ध खानले निरन्तर देशको सैन्य नेतृत्वको आलोचना जारी राखेका छन् । लाहोरमा बसोबास गर्ने विश्लेषक माजिद निजामीले अघिल्लो प्रधान सेनापति कमार जावेद बज्वाले समापन भाषणमा बालेको कुराले मुनिरको कार्यकाललाई धेरैले नजिकबाट निकालिने बताए ।

बिदाई भाषणमा सेनाका जनरलहरुलाई सम्बोधन गर्दै बाजवाले भविष्यमा पाकिस्तानको सेनाले राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने निर्णय गरेको बताएका थिए । बजवाले विगतमा पाकिस्तानले भोगेजस्तै सैन्य ‘कू’ अब भएमा त्यो असंवैधानिक हुने बताएका थिए ।

‘नयाँ प्रधानसेनापतिको अधीनमा,सेनाले न्यायपालिका,देशभरका नागरिक प्रशासन र समाचार मिडियामाथि हालसम्म कायम राख्दै आएको ठूलो गैरसंवैधानिक र गैरकानूनी प्रभावलाई नियन्त्रणमा राख्न मिहिनेत गर्नुपर्दछ ,’ इस्लामावादस्थित थिंक ट्याकंमा आबद्ध मुशसफ जैदीले भने ।

सेनाको छवि सुधार्ने

पहिलो चुनौतीसँग जोडिएर मुनिरको दोस्रो सबैभन्दा ठूलो चुनौती आउँछ– पाकिस्तानी जनतामाझ सेनाको छवि सुधार्ने । पाकिस्तान एक स्वतन्त्र राष्ट्रका रुपमा स्थापना भएको ७५ वर्षमा ३० वर्ष सेनाले मात्रै प्रत्यक्ष शासन गर्यो । प्रत्यक्ष शासनमा नरहेको समयमा पनि त्यहाँ सेना घरेलु मामिलामा प्रमुख मध्यस्थ शक्ति मानिने गरेको छ ।

‘व्यवसायिक दृष्टिकोणले सेनाको छवि सुधार्न धेरै समय लाग्दैन भन्ने विगतले देखाउँछ,’ सेनाका अवकाशप्राप्त जनरल ओमर महमूद हायातले भने ।

पूर्व रक्षा सचिव र सेवानिवृत्त सेना अधिकारी आसिफ यासिन मलिक पनि मुनिरका लागि सेनाप्रतिको ‘धारणा व्यवस्थापन’ चुनौतीपूर्ण हुने ठान्छन् । ‘उनको पहिलो चुनौती भनेको सेनाको राजनीतिमा संलग्नताको बारेमा नै असर गर्दै आएको छ,’ मलिकले भने ।

पाकिस्तान तालिवानको खतरा र अफगानिस्तान

पाकिस्तान तथा अफगानिस्तानका विज्ञ अब्दुल सैयद मुनिरको मुख्य चुनौती ‘तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)’ नामक सशस्त्र समूहको बढ्दो खतरालाई नियन्त्रण गर्नु हुनेछ मान्छन ।

गत साता मात्रै अफगानिस्तानको सत्तारूढ तालिबानसँग सम्बन्ध रहेको टीपीपीले पाकिस्तानी सरकारसँग कायम युद्धविराम तोड्यो । अघिल्लो पटक काबुनका तालिवानको मध्यस्थतामा टीटीपी र इस्लामाबादबीच सम्झौता भएको थियो ।

युद्धविरामको अन्त्यको घोषणा गरिएको विज्ञप्तिमा टीपीपीले आफ्ना लडाकुहरूलाई ‘देशभर’ नयाँ आक्रमण सुरु गर्न निर्देशन दिएको छ । दुई दिनपछि,दक्षिण पश्चिमी सहर क्वेटामा पोलियो खोप अभियानको क्रममा भएको आत्मघाती बम विस्फोटमा एक प्रहरी अधिकारीसहित तीन जनाको मृत्यु भएको थियो । यस आक्रमणलाई टीपीपीले जिम्मा लिएको छ ।

पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडिज,इस्लामाबादले संकलन गरेको तथ्याङ्क अनुसार टीटीपीले सम्झौता अवधिमा समेत यो वर्ष ७० भन्दा बढी सशस्त्र आक्रमण गरे ,जसमा दर्जनौं मारिएका छन् ।

पाकिस्तानले काबुललाई टीपीपी नेतृत्वविरुद्ध कारबाही गर्न माग गर्दै आएको छ । इस्लामावादले टीपीपी नेताहरु अफगानिस्तानमा शरण लिएर बसिरहेको आरोप लगाउँछ । जबकि तालिबानले आफ्नो भूमिलाई विदेशी मुलुकविरुद्ध आक्रमणका लागि प्रयोग गर्न नदिने भन्दै आएको छ ।

‘टीपीपी नेतृत्वले अफगानिस्तानमा शरण लिएकोमा कुनै आशंका छैन । पाकिस्तानसँग यो समस्या समाधान गर्ने दुईवटा उपाय छन्– एउटा राजनीतिक र अर्को सैन्य हो यदि पाकिस्तानले सैन्य कारबाही रोज्यो भने,यसले अफगान तालिबान सरकारसँगको सम्बन्धलाई अपरिहार्य रूपमा हानि पु¥याउँछ र यसको रणनीतिक उद्देश्यमा बाधा पु¥याउँछ ,’ अब्दुल सैयद भन्छन् ।

इस्लामावादले अफगान तालिबानलाई टीपीपी नियन्त्रण गर्न दबाब दिने र पाकिस्तानमा आक्रमण गर्न रोक्ने गैर–सैनिक समाधान खोज्न पनि सक्ने सैयदले बताए ।

भारतसँगको सम्बन्ध

भारत ऐतिहासिक रूपमा पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी हो र स्वतः दुई देशका सेनाबीच पनि बैमनश्यता छ । दुई आणविक शक्ति राष्ट्रबीच बाँढिएको कश्मीरमाथि दुवैले पूर्ण स्वामित्व हुनुपर्ने दावी गर्छन् । भारत र पाकिस्तानबीच भएका तीनमध्ये दुई युद्ध कश्मीरको स्वामित्वकै विषयमा भएको थियो ।

त्यस अतिरिक्त भारत र पाकिस्तान आफ्नो भूमिमा हुने सशस्त्र आक्रमणको लागि एक–अर्काको सैन्य गुप्तचर संस्थालाई दोष दिन्छन् ।

सन् २०१९ को प्रारम्भमा,नयाँ दिल्लीले भारत प्रशासित कश्मीरमा भएको हिंसात्मक हमलाको लागि पाकिस्तानलाई दोष दियो । त्यसपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेर जवाफ दिँदा दुई मुलुक अर्को युद्धको संघारमा पुगेका थिए । तथापि पाकिस्तानले संयमता अपनाउँदा युद्ध टरेको थियो ।

भारतको केन्द्रस्थित हिन्दू राष्ट्रवादी भाजपा सरकारले भारत प्रशासित कश्मीरलाई प्राप्त संवैधानिक विशेष हैसियत खोसेपछि दुई देशको मुलुक थप थप बिग्रिएको छ । उनीहरूबीचको सबै कूटनीतिक सम्बन्धहरू त्यस यता अवरुद्ध छ ।

सेना प्रमुखको पदभार ग्रहण गरेको केही दिनपछि,मुनिरले पाकिस्तान प्रशासित कश्मीरको भ्रमण गरेर एक सन्देश दिएका छन् । त्यहाँ उनले ‘मातृभूमिको प्रत्येक इन्चको रक्षा गर्ने’ वाचा गरे । ‘भारतीय राज्यले उसको नाजायज योजना हासिल गर्न कहिल्यै सक्षम हुने छैन,’ मुनिले सम्बोधनमा भने ।

अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने

पाकिस्तानले ऐतिहासिक रूपमा चीन र अमेरिका दुवैसँग घनिष्ठ सम्बन्ध कायम राखेको छ । तर अन्तराष्ट्रिय मन्चमा चीन र अमेरिकाबीच प्रतिद्वन्द्वीता बढ्दा पाकिस्तानको चुनौती बढ्दै गएको छ ।

दुई विश्व शक्तिबीच प्रतिद्वन्द्वी बढ्दा पर्यवेक्षकहरु यी दुवैसँगको घनिष्ठ सम्बन्ध कायम राख्नु मुनिरको प्रमुख चुनौती हुने बताउँछन् । केही दशकदेखि पाकिस्तानको चीनसँग निर्भरता बढ्दै गएको छ । पाकिस्तानभरका परियोजनाहरूमा चीनले अर्बौं डलर लगानी गरिसकेको सन्दर्भमा वाशिंगटनसँग इस्लामाबादको सम्बन्ध चिसिँदै गएको छ ।

प्रधानमन्त्री शेहबाज शरीफले इमरान खानको कार्यकालमा बिग्रिएको अमेरिकासँगको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । पूर्व सेना प्रमुख बाजवाले आफ्नो कार्यकालको अन्तिम महिनामा चीन र अमेरिका दुवैको भ्रमण गरेर दुवैलाई आफूहरूले महत्व दिएको संकेत गरे ।

‘चीनले हामीलाई कोसँग मित्र गर्ने वा नगर्ने भनेर कहिल्यै निर्देशन दिएका छैनन् । तर अमेरिकी तथा पश्चिमी देश भने चीनसँगको हाम्रो सम्बन्धमा समस्या देख्छन्,’ पूर्व रक्षा सचिव मलिकले भने ।

विदेश नीति विश्लेषक मोहम्मद फैजल मुनिरका सामु बेइजिङ र वाशिंगटनबाट आउने ‘प्रतिस्पर्धी दबाब’लाई सन्तुलनमा राख्ने चुनौती रहेको मान्छन् । ‘पाकिस्तानले दुबै देशबाट सैन्य तथा आर्थिक सहायता खोजेको छ,अब यसलाई कसरी सन्तुलित बनाउने उपाय पनि खोज्नुपर्छ’ फैजलले भने ।

मुशरफ जैदीले भने सेनाले सरकारको विदेश नीतिलाई पूर्ण रूपमा समर्थन गर्नुपर्ने र आफैले विदेश नीति संचालन गर्न चाहने कुराको प्रतिरोध गर्नुपर्ने बताए ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० मंसिर २०७९, मंगलवार १७:४३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० मंसिर २०७९, मंगलवार १७:४३

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० मंसिर २०७९, मंगलवार १७:४३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० मंसिर २०७९, मंगलवार १७:४३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० मंसिर २०७९, मंगलवार १७:४३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० मंसिर २०७९, मंगलवार १७:४३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० मंसिर २०७९, मंगलवार १७:४३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.