अमेरिकी अदालतले साउदी पत्रकार जमाल खग्गेशीको मृत्युको सम्बन्धमा युवराज मोहम्मद बिन सलमानविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ । यो मुद्दा जमाल खग्गोशीकी प्रेमिकाले दायर गरेकी थिइन् ।
वासिङ्टनको संघीय न्यायाधीशले आफ्नो फैसला सुनाउँदै राष्ट्रपति जो बाइडेनले दिएको इम्युनिटी (छूट)का कारण मुद्दा खारेज गरिएको बताए ।
अमेरिकी जिल्ला न्यायाधीश जोन बेट्सका अनुसार उनी मुद्दा खारेज गर्न हिचकिचाइरहेका थिए, तर बाइडेन प्रशासनको निर्णयका कारण उनीहरुसँग कुनै विकल्प थिएन ।
२५ पृष्ठको निर्णयमा न्यायाधीश जोन बेट्सले भने, ‘अदालतको असहजता, मोहम्मद बिन सलमानलाई प्रधानमन्त्री नियुक्ति र जमाल खग्गोशी हत्यामा उनको संलग्नताको कडा आरोपका बावजुद अमेरिकी सरकारले अदालतलाई उनी इम्युन भएको बताएको छ ।’
मोहम्मद बिन सलमानको हेड अफ स्टेटको रुपमा नियक्तिको परिस्थितिबारे कुरा गर्दै न्यायाधिश जोन बेट्सले साउदी राज सलमानले उनलाई सेप्टेम्बरमा रोयल डिक्रीमार्फत् प्रधानमन्त्री नियुक्त गरेका थिए ।
जमाल खग्गोशीको अक्टोबर २०१८ मा इस्तानबुलस्थित साउदी दूतावासमा हत्या भएको थियो । अमेरिकी गुप्तचर अधिकारीहरूले क्राउन पिनले जमाल खग्गोशीको हत्याको आदेश दिएको विश्वास गर्छन् ।
यद्यपि साउदी युवराजले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।