विराटनगर। नेपाली बजारमा सुनचाँदी मूल्य घटेको छ । महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।
हिजो बिहीबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ । महासंघले हिजो बिहीबारको तुलनामा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।