• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

दुई सय नेपाली विश्वकप २०२२ सफल पार्न खटिएका

by पहिलो नेपाल
३ पुष २०७९, आईतवार १३:१५
दुई सय नेपाली विश्वकप २०२२ सफल पार्न खटिएका

कतार फिफा विश्वकप २०२२ आइतबार कतारको लुसेलस्थित लुसेल रंगशालामा समापन हुँदैछ। फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल भिडन्तसँगै सकिने विश्वकप पहिलो पटक अरब क्षेत्रमा भएको हो।

जनसंख्या र क्षेत्रफलको हिसाबले सानो भए पनि कतारले विश्वकप सफल पार्न कुनै कसर बाँकी रहेन। कतार विश्वकप सफल हुनुमा दक्षिण एसियाका कामदारको विशेष योगदान रह्यो।

विश्वकप सुरू भएदेखि खटिएका २० हजार बढी स्वयंसेवकको योगदान पनि कम छैन। विभिन्न ४५ क्षेत्रमा खटिएका स्वयंसेवकले दर्शक, मिडिया, खेलाडीका लागि सहजीकरण गरेका थिए।

२० हजारमध्ये नेपालका २ सय बढी स्वयंसेवकले विश्वकप २०२२ मा योगदान दिए।

बुटवलका अनिल भण्डारी तीमध्ये एक हुन्। उनी कतार आएको आठ वर्ष भयो। फुटबलका पारखी अनिल फिफा विश्वकप २०२२ कै कारण कतार आएको बताउँछन्।

‘विश्वकप फुटबललाई पछ्याउँदै कतार आइपुगेको थिएँ। यहाँ आएपछि विश्वकपमा कुन माध्यमबाट सहभागी हुने भनेर सोचिरहन्थें,’ अनिलले भने, ‘सुरूमा यहाँको स्थानीय प्रतियोगितामा प्रत्यक्ष रूपमा सहभागी भएँ। त्यसपछि फिफा क्लब विश्वकपको इभेन्ट पनि सहभागी हुने मौका जुर्‍यो।’

फिफा विश्वकप २०२२ को स्वयंसेवक बन्न पहिला गरेका कामले सजिलो भयो।

‘पहिला पनि अरू एभेन्टमा सहभागी भइसकेकाले फिफा विश्वकप २०२२ मा स्वयंसेवक बन्नका लागि आवेदन दिएँ,’ कतारमा मोटरसाइकल सो रूममा काम गर्ने उनले भने।

स्वयंसेवकको भूमिकामा रहँदा कुनै आर्थिक लाभ नहुने जान्दाजान्दै पनि उनी विश्वको मेगा इभेन्टमा प्रत्यक्ष सहभागी हुन पाउँदा एकदमै खुसी छन्।

उनी लुसेल रंगशालामा खटिएका थिए। त्यहाँ उनको काम मिडियासम्बन्धी थियो। संसारभरका मिडियाकर्मीलाई सहजीकरण गर्ने मौका पाउँदा उनले रमाइलो अनुभव गरे।

मिडियालाई रंगशालामा आइपर्ने विभिन्न समस्याको हल गर्नेदेखि उनीहरूलाई सहजीकरण गर्ने काम त गरियो। सँगसँगै संसारभरिका मिडियाकर्मीलाई भेट्ने मौका पाए। लाइभ कमेन्ट्री कसरी गर्ने रहेछदेखि फोटो पत्रकारको काम उनीहरूले देख्न पाए।

कामको सिलसिलामा उनले उनले अर्जेन्टिना, ब्राजिल, पोर्चुगल र उरुग्वे सबै खेलाडी नजिकबाट देखे। रोनाल्डोसँगको एउटा फोटोमा उनी पनि देखिएका थिए। रोनाल्डोले अभ्यास गरिरहँदा अनिल पछाडि मिडियालाई सहजीकरण गरिरहेका थिए।

सुवास बिसीले भने स्पेशल इभेन्टमा काम गर्ने मौका पाए। कतार आएको चार वर्ष हुन लाग्दा उनले यो वर्षलाई यादगार बनाएर विदाइ गर्दैछन्।

उनले खेल सुरू हुनुअघि गरिने इभेन्टका लागि काम गरे। मैदानमा प्रतिस्पर्धा गर्ने दुबै देशको झण्डा, फ्लेम, फिफाको ब्यारनसहित मैदानको बीच भागमा राखिने ट्रफी पुर्‍याउनेसम्म उनीहरूको काम थियो।

‘हामी ६ घन्टाअघि नै रंगशाला पुगिसक्नु पर्थ्यो। सुरूमा मैदानमै रिहर्सल हुन्थ्यो। खेल सुरू हुनुभन्दा २५ मिनेटअघि हामी पोजिसनमा बस्थ्यौं,’ अल थुमामा रंगशालामा खटिएका सुवासले आफ्नो अनुभव साटे।

उनी कतारमा हिमाल रेमिटमा काम गर्छन्। सुरूमा हुने स्वयंसेवकका लागि विज्ञापन देखेका थिए। पछि साथीसँगको सल्लाहमा उनले अनलाइनम फर्म भरे। उनलाई छनोट गरेको मेल आएपछि अल थुमामा रंगशालामा खटिने कुरा पक्का भएपछि सुवास निकै नै उत्साहित भएका थिए।

‘विश्वकपको माहोल छुट्टै हुने गरेको बाल्यकालदेखि नै अनुभव गरेको थिए। यहाँ आएर खेलको एउटा भाग नै हुन पाउँदाको उत्साह नै छुट्टै थियो, अझ विभिन्न देशको झण्डा लिएर जाँदा र खेलाडीसँग आमनेसामाने हुँदाको क्षण बेग्लै थियो,’ उनले भने, ‘आर्थिक लाभभन्दा पनि विश्वकप अनुभवका लागि काम गरेको हुँ।’

विश्वकपका दौरान उनले आठ खेल हेर्नसमेत मौका पाए।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ पुष २०७९, आईतवार १३:१५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ पुष २०७९, आईतवार १३:१५

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ पुष २०७९, आईतवार १३:१५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ पुष २०७९, आईतवार १३:१५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ पुष २०७९, आईतवार १३:१५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ पुष २०७९, आईतवार १३:१५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ पुष २०७९, आईतवार १३:१५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.