कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पतालस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया उषा गुरुङको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको कौशिल्या अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments