नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका पुगेका छन्।
सामाजिक सञ्जालमा उनले दिएको जानकारीअनुसार काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेका छन्।
उनी भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्।
‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ उनले ट्विटरमा लेखेका छन्।
Facebook Comments