नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्।
कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।
महामन्त्री थापाले अब बन्ने सरकारमा आफू मन्त्रीका रूपमा भने सहभागी नहुने बताएका हुन्।
महामन्त्री शर्माले पनि नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए। आफूहरू पार्टी कार्यालयमा बसेर गर्ने काम गर्ने बताए।पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरू आफ्नो जिम्मामा रहेको उनीहरूले बताए।
महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरूलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा लाग्ने पनि बताए।
महामन्त्री शर्माले सरकारमा जाने सांसदहरूको संयोजन लगायतका काम अघि बढाउने कुरामा आफू लाग्ने बताए।