केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भएका ४८ वर्षीय राजन बर्तौला, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ घर भएका ३८ वर्षीय विकाश ज्योती, भक्तपुर घर भएका ३५ वर्षीय राम सुन्दर कार्की र गोरखा बारपाक घर भएका ५० वर्षीय नवराज पनेरू । लछन् ।
अभियुक्तहरु मध्ये राजन र नवराजलाई चितवनबाट तथा विकाशलाई ललितपुरको लगनखेलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । राम सुन्दर काठमाडौंको जोरपाटीबाट पक्राउ परेका हुन् ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले राजनलाई १२ दिन कैद र ३४ लाख जरिवाना हुने फैसला गरेको छ । विकाशलाई १५ दिन कैद र ४२ लाख रूपैयाँ जरिवाना हुने फैसला गरेको छ । राम सुन्दरलाई ४ दिन कैद र १५ लाख ९२ हजार जरिवाना हुने फैसला गरेको छ । नवराजलाई १० दिन कैद र २९ लाख रुपैयाँ जरिवाना ठहर गरेको छ । फैसलापछि उनिहरु फरार थिए ।