नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख सात सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ ।