• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

by पहिलो नेपाल
१२ पुष २०७९, मंगलवार १३:५९
प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

विराटनगर । पहिलो कार्यकाल नाम नराखी सकिएपछि प्रदेश १ को प्रदेशसभा निर्वाचनमा उठेका धेरै उम्मेदवारले नामाङ्कनको विषय उठाएर भोट मागे । निर्वाचित भएपछि उनीहरुले नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् ।

‘अघिल्लो कार्यकालमा नामाङ्कन सम्पन्न भएन, हामी सबै आलोचनाको पात्र बन्यौ, नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की भन्छन्, ‘अब नामकरण गर्ने विषय प्रदेशसभाको उच्च र पहिलो प्राथमिकतामा पर्छ।

उनले सबै दलबीच छलफल गरेर सहमतिका साथ प्रदेशको पहिचान झल्किने नामकरण गर्ने बताए ।

गत प्रदेशसभामा दलहरुबीच नामको विषयमा सहमति नजुट्दा प्रदेश १ को मात्र नामकरण हुन बाँकी छ । दलहरुबीच कोसी, सप्तकोसी, किरात, सगरमाथा आदि नाममा छलफल भए पनि सहमति नजुट्दा प्रदेशको नामकरण हुन सकेन ।

प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंग्याउनुपर्ने व्यवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा नामकरणका लागि ६२ सांसदको समर्थन चाहिन्छ । हाल केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, जसपालगायतका दलको गठबन्धन बनेकाले प्रदेशभा पनि यही गठबन्धनको सरकार बन्ने पक्काजस्तै छ ।

प्रदेश १ मा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सिट संख्या जोड्दा ६० पुग्छ । त्यसैले प्रदेशको नामकरणका लागि २९ सिट भएको नेपाली कांग्रेस वा ४ सिट भएको नेकपा एकीकृत समाजवादीको समर्थन आवश्यक पर्छ ।

नामकरण गर्ने नेताहरुको प्रतिवद्धता

सोमबार प्रदेशसभामा पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिदै सांसदहरुले पहिलो प्राथमिकता प्रदेशको नाम रहेको बताए ।

नेपाली कांंग्रेसका नेता अमृत अर्याल र भीम पराजुली प्रदेशसभाको प्रमुख दायित्व प्रदेशको नामाङ्कन भएको बताउँछन् । ‘प्रदेशको नामकरण गर्न बाँकी छ’, पराजुलीले भने, ‘त्यसलाई हामी सदनमा कुरा उठाउछौं ।’

पहिलो पाँच वर्षमा नाम राख्न नसकेपनि अब प्रदेशले नाम राख्ने अर्याल बताउँछन् । ‘पहिलो पाँच वर्ष हामी नामकरण गर्ने मुद्दाबाट चुकेका छौं’, कांग्रेस नेता अर्यालले भने, ‘यो पालि हामी जिम्मेवारीपूर्वक यो मुद्दा (नामकरण) लाई सम्बोधन गर्छाैं ।’

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ पुष २०७९, मंगलवार १३:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ पुष २०७९, मंगलवार १३:५९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ पुष २०७९, मंगलवार १३:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ पुष २०७९, मंगलवार १३:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ पुष २०७९, मंगलवार १३:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ पुष २०७९, मंगलवार १३:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ पुष २०७९, मंगलवार १३:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.