विराटनगर। प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक पुष १७ मा बस्नेगरी आह्वान गरिएको छ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते दिउँसो १ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन्।
प्रदेश सभाका जेष्ठ सदस्य गयानन्द मण्डलले सपथ खुवाएका हुन्। नयाँ सभामुख चयन नहुन्जेल प्रदेश सभाको बैठक मण्डलले सञ्चालन गर्नेछन्।
Facebook Comments