• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

by पहिलो नेपाल
१४ पुष २०७९, बिहीबार १२:४९
नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

काठमाडौं । रोहित पौडेलको अविजित अर्धसतकिय इनिङमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै विराटनगरले जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

टस हारेर ब्याटिङ पहिला गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १३६ रनको लक्ष्य विराटनगर सामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८।४ ओभरमा दुई विकेट गुमाएर १ सय ३८ रन बनाउँदै ८ विकेटको सानदार जित निकाल्यो ।ओपनर अर्जुन साउद गोल्डेन डक आउट हुँदा गौरान्सु शर्मा ३२ बलमा २ चौका र १ छक्कासहित ३३ रन जोडेर पभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले विराटनगरका लागि सर्वाधिक ७१ रनको अविजित इनिङ खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । हुसेन टतले २३ बलमा ३ चौकासहित अविजित २८ रन जोडे ।पोखराको बलिङमा अमिर हम्जा र जाहिर खानले समान एक विकेट लिए ।

पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सलाई १३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार गरेको छ ।

पोखराका लागि मध्यक्रमका ब्याटर अमिर हम्जाले अविजित ३७ रनको इनिङ खेले । उनले २५ बलमा १ चौका र तीन छक्का प्रहार गरे ।

ओपनर सुमित महर्जनले आउट हुनु अघि २५ बलमा २ चौका र १ छक्कासहित २६ रनको योगदान गरे । असिफ शेख ११ रन र कप्तान उपुल थरंगा २५ रनमा पभेलियन फर्कँदा प्रतिस जिसी १३ रनमा अविजित रहे ।

विराटनगरको वलिङमा कप्तान आन्द्रे मकार्थीले सबैभन्दा धेरै तीन विकेट लिए । उनले ४ ओभरमा २२ रन खर्चिए । नन्दन यादव, राज ननन् र साहब आलमले समान एक विकेट लिए ।

तेस्रो खेलमा विराटनगरले पोखरालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।

पोखराले अर्को खेलमा शुक्रवार र विराटनगरले शनिवार जनकपुर रोयल्ससँग खेल्नेछ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ पुष २०७९, बिहीबार १२:४९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ पुष २०७९, बिहीबार १२:४९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ पुष २०७९, बिहीबार १२:४९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ पुष २०७९, बिहीबार १२:४९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१४ पुष २०७९, बिहीबार १२:४९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१४ पुष २०७९, बिहीबार १२:४९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१४ पुष २०७९, बिहीबार १२:४९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.